नियम २९
किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने
(१) नियम २४ बमोजिम लिलाम बिक्री गरिने सेवा प्रदायकको सम्पत्ति र दायित्व नियम २६ बमोजिम यकीन गर्दा दायित्व धेरै हुन गएमा नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने रकम नियम ३१ बमोजिम बुझाउनु पर्नेछ र सो बाहेक नवीकरण दस्तूर वा अन्य दायित्व नियम ३५ बमोजिम कायम हुने अनुमतिपत्रको नयाँ अवधिभन्दा बढी नहुने गरी बढीमा सातवर्षभित्र किस्ताबन्दीमा भुक्तान गर्न सक्ने गरी प्राधिकरणले व्यवस्था गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिमको विषय नियम २८ बमोजिमको बोलपत्र सम्बन्धी कागजातमा उल्लेख गर्नुपर्नेछ।